सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ २८ गते १५:१४ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– प्रहरीले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनले बागलुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै उनले नगद १ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप रहेको छ ।

थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक भएको बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी ठगी गरेका थिए ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका–५ जिरोबाट पक्राउ गरेको हो । उनलाई ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us