वीरगञ्जमा पुरुषको शव फेला

काठमाण्डु टुडे २०८१ जेठ २८ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– पर्सामा एक जना पुरुषको शव फेला परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित खुला चौरमा एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

करिब २५/३० वर्षको देखिने ती व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा राखिएको पनि प्रहरीले जानकारी दिएका छन । मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us