भन्सार छलीका सामानसहित नौ जना पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– प्रहरीले भन्सार छली गरी ल्याएका नौ लाख ७९ हजार मूल्य बराबरको सामानसहित नौ जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन ।

काठमाण्डु महानगरपालिका–२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रूपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरूलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us