काठमाण्डु, २६ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले संविधान जागाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने दाबी गरेका छन ।
आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । उनले संविधानका केही कुराहरु संशोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन ।
साथै प्रदेशका निर्वाचन प्रणालीकाबारेमा पनि केही संशोधन गर्न आवश्यक रहेको उनले बताएका छन । उनले भने, ‘हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन, चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन ।
यसलाई टिकाउन केही कुरामा बदलाब ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’ साथै उनले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।