काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउन आवाश्यक रहेको बताएका छन ।
एमाले चितवनको नवनिर्वाचित समितिको शपथ ग्रहण समारोहका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले पार्टी कामलाई पनि महिलाहरूको बीचमा लैजान निर्देशन दिए । उनले भने, ‘महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ ।’
फरक प्रसंगमा उनले भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गरे । उनले भने, ‘पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ ।
धेरै सूचकले यही कुरा देखाउँछ ।’ उनले माडीमा राम मन्दिर बन्ने बताउँदै उनले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने बताएका छन ।
माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उनले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताए । एमालेले मिसन–०८४ भन्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।