एमाले नुवाकोटको अध्यक्षमा मैनाली विजयी

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– एमाले नुवाकोट जिल्लाको आठौँ जिल्ला अधिवेशनले बद्री मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मैनाली यस अधि पनि जिल्ला अध्यक्ष नै रहेका थिए ।

कुल ५९२ मत खसेकोमा मैनालीले ३४५ मत प्रप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन । अध्यक्षका अर्का प्रत्यासी बुद्धि बाहादुर प्रधानले २३७ मत प्रप्त गर्न सफल भएका थिए ।

प्रधान यस अधि जिल्ला उपाध्यक्ष रहेका थिए । यस्तै अध्यक्ष अर्का प्रत्यासी माधव तिवारीले १० मत मात्रै प्रप्त गरे । त्यसैगरी उपाध्यक्ष राजेन्द्ररमण खनाल निर्वाचित भएका छन् ।

उनले ३४७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी सुदर्शन नेपालले २४५ मत प्रप्त गर्न सफल भएका थिए । यस्तै सचिवमा शिव चित्रकार निर्वाचित भएका छन ।

उनी ३०६ मतका साथ सचिवमा निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी नीलकण्ठ आचार्यले २८६ मत प्रप्त गर्न सफल भएका थिए ।

उपसचिवमा राजेन्द्र प्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएको जिल्ला कमिटीका नवनिर्वाचित भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us