काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाण्डु महानरपालिकाका मेयर बालेन्द्र शाह बालनले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिपप्णीमाथि जबाफ फर्काएका छन ।
चितवनको भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले जवाफ फर्काएका हुन । अध्यक्ष ओलीले मेयर बालेनको टिप्पणीलाई ‘भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तैु भन्ने टिप्पणी गरेका हुन् ।
मेयर बालेनलाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर१ म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ ।’
उनले राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य बनाउनुपर्ने पनि बताएका छन । उनले भने, ‘राष्ट्रिय राजनीतिलाई सम्भ राजनीतिमा लानुपर्छ, असभ्य राजनीतमा लानु हुँदैन ।’
मेयर बालेनले गिरीबन्धु जग्गा प्रकरणमा दस हजार करोडको बदमासी रहेको र त्यसमा अध्यक्ष ओलीको संलग्नता रहेको भन्ने स्टाटस फेसबुकमा पोस्ट गरेका थिए । मेयर बालेनले गिरीबन्धु जग्गा सट्टापट्टा गरिदिन्छौं भनेर लिएको बैना फिर्ता गर्न पनि भनेका थिए ।