यस पटक सन्तुलित बजेट आएको छ: स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०८१ जेठ २२ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– रास्वपाका सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन । उनले समग्रमा सन्तुलित बजेट आएको पनि दाबी गरेका छन ।

उनले विगतका बजेटसँग तुलना गर्दै उनले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।’

उनले कुनै पनि मुलुक आर्थिक रूपमा सबल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसलाई समयसमेत यकिन गरेर जानुपर्ने पनि बताएका छन ।

प्रस्तुत बजेटले पनि केही लक्ष्य निश्चित गरेको उनले बताएका छन । उनले भने, ‘अर्थमन्त्रीले जानेर वा नजानेर केही मिसन मोडको पहिचान गर्नुभएको छ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us