काठमाण्डु, २२ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि नेपाली टीमको जर्सी लगाएर संसद बैठकमा पुगेका छन ।
नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको रास्वपा सांसदहरुले जानकारी दिएका छन ।
रास्वपाका सबै सांसदहरू जर्सीसहित संसदमा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरु दिनझैँ औपचारिक पोसाकमा पुगेका थिए । नेपालले आईसीसी विश्वकपमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ ।