नागढुङ्गा र महेन्द्र राजमार्ग मर्मत छिटो गर्न राप्रपा सांसद नेपालीको आग्रह

काठमाण्डु टुडे २०८१ जेठ २० गते १२:०९ मा प्रकाशित

काठमाण्डु, २० जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद अनिशा नेपालीले महेन्द्र राजमार्ग समयमा मर्मत नहुँदा सर्वसाधारणले दुःख पाएको बताएकी छन ।

आज (आइतबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन । उनले राजमार्ग मर्मतमा ढिलाइ हुँदा यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसकेको बताइन ।

उनले सो सडक छिटो मर्मत गर्नका लागि सरकारको ध्यानाकर्षण गराएकी छन । यस्तै नौबिसे नागढुङ्गा सडकको अवस्था दयनीय भएको र ४ घण्टासम्म पनि जाममा बस्नुपरेको गुनासो गरेकि छन । उनले सो सडक खण्ड समयमा सम्पन्न गर्न माग पनि गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us