काठमाण्डु, २० जेठ– प्रहरीले काठमाण्डुको चाबहिलबाट स्रोत नखुलेको ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरू भोजपुरका हुन् ।
उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरीसँग बताएका छन् । चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरूलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।