गृहमन्त्रीले मापसे गरेका व्यक्तिलाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति

काठमाण्डु टुडे २०८१ जेठ २० गते ११:५१ मा प्रकाशित

काठमाण्डु, २० जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आपति व्यक्त गरेका छन ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन । उनले गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप पनि लगाएका छन ।

उनले भने, ‘मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत कता जान्छ ?

त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् ।’ गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिकलाई रजस्वला भएको बेला सडकमा नखटाउने निर्णय गरेको राम्रो भएपनि कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us