काठमाण्डु, २० जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ ।
रास्वपा सभापति लामिछाने विरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो । आज आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ ।
रिट पाँचौँ नम्बरमा पेशी रहेको छ । यसअघि लगातार सुनिल पोखरेलको इजलासमा पेशी परेको थियो । पोखरेलको इजलासमा परेको पेशी निवेदन आफैँले स्थगितका लागि निवेदन दिँदै हटाएका थिए ।
लामिछानेलाई सहकारी ठगीमा क्लिनचिट दिनेगरी महान्यायाधिवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको थियो । महान्यायाधिवक्ता कार्यालयले सहकारीका विषयमा कुनै पनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए ।
उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो ।