धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

काठमाण्डु टुडे २०८१ जेठ २० गते ११:०६ मा प्रकाशित

काठमाण्डु, २० जेठ– काठमाण्डुबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुनस् पार्किङमा फर्काइएको छ । एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जानकारी दिएको छ । विमानस्थलको तालिका अनुसार जहाज काठमाण्डु बाट ८ः २५ मा उडिसक्नु पर्ने थियो ।

जाँचका क्रममा एक यात्रुले साथमा झोल औषधी लगेको र सो वस्तु पोखिँदा इन्धनको जस्तै गन्ध आएको पाइएको श्री एयरलाइन्सले जानकारी दिएको छ ।

त्यसपछि जहाजको सुरक्षाका लागि जाँच गराउन उडान रोकिएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us