काठमाण्डु, १९ जेठ– सिरहामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्नमा गाउँपालिका–३ बस्ने ३६ वर्षीय जितेन्द्र प्रसाद यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
सिराहको अर्नमा गाउँपालिका–४ गोतहा पुलस्थित सडकमा लक्ष्मिपुरबाट सिरहातर्फ जाँदै गरेको स.१० प ६३९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक यादवको मृत्यु भएको छ ।
शुक्रबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगर मोरङमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।