काठमाण्डु, १९ जेठ– काठमाण्डुको कलंकीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको । मृत्यु हुनेमा पैदलयात्री काठमाण्डु महानगरपालिका –१४ बस्ने ६३ वर्षीया अम्बिका वाग्ले रहेकी छन ।
काठमाण्डु महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा.४ ख ४५६८ नम्बरको बसको ठक्करबाट वाग्लेको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।