काठमाण्डु, १९ जेठ– काठमाण्डु उपत्यकामा भारी बर्षा भएको छ । आज शनिबार बिहानैदेखि काठमाण्डु उपत्यकाको मौसम बदली देखिएकोमा अपराह्नपछि तीन वटै जिल्लाका विभिन्न ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भएको हो ।
पानी पर्दा काठमाण्डुको तापक्रम केही घटेको छ। बिहीबार ३४ डिग्री सेल्सियस पुगेको काठमाण्डुको तापक्रम शनिबार दिउँसो २८ डिग्री सेल्सियसमा झरेको छ।
मौसमविद मीनकुमार अर्यालका अनुसार काठमाण्डुसहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, प्यूठान, सिन्धुपाल्चोक, धादिङ लगायतका स्थानहरूमा दिउँसो हल्कादेखि मध्यम पानी परिरहेको छ।