नेपाल प्रहरीका चार एसपी एसएसपी बढुवामा सिफारिस

काठमाण्डु टुडे २०८१ जेठ १९ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको छ ।

हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

एसएसपी बढुवा सिफारिसमा परेकाहरूमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत भीम बहादुर दाहाल, काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रबिन्द्र रेग्मी, बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशामा कार्यरत नान्तीराज गुरूङ रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us