यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ १९ गते १५:०७ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्की रहेका छन ।

कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन ।

अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us