काठमाण्डु, १९ जेठ– ठमेलबाट प्रहरीले अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई नियन्त्रणमा लिएको छ । हिजो शुक्रवार राति प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा युगान्डा घर भई ठमेल बस्ने भिउला नकासङ्गो किसाम्बरा, रिचेल नामुद्ध्, ज्याकलाइन नकन्दह, सराह नमता किवानुका, रोबिन्या नाकाज्जे, शरीफा सेमिटेगो, भेनेस्सा नमुटेबी, नासिङगी रिचेल र केन्या घर भई ठमेल बस्ने हेलेन अधिम्बो रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै नुवाकोट घर भई टोखा बस्ने रोशनी श्रेष्ठ, काठमाण्डुको मनमैज’ बस्ने कृष्टिना क्षेत्री, सिन्धुपाल्चोक घर भई बालाजु बस्ने सिर्जना तामाङ, रसुवा घर भई तारकेश्वर-९ बस्ने रुबी तामाङ, धनकुटा घर भई काठमाण्डुको बालाजु बस्ने इन्दु राई र कैलाली घर भई काठमाण्डुको माछापोखरी बस्ने निशा सुनारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।