मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ १९ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ का लोकेश राई रहेको प्रहरीले जानकारी दिएको छ ।

बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौँ घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र बा ८३ प ५२६७ नम्बरको राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us