एमाले संसदीय दलको बैठक जारी

काठमाण्डु टुडे २०८१ जेठ १९ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– एमाले संसदीय दलको बैठक  जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा एमाल संसदीय दलको बैठक केहिबेर अधि सुरु भएको हो ।

बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका छन ।

बजेटबारे पूर्व अर्थमन्त्री युवराज खतिवडा, पार्टी महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेलले सांसदहरुलाई प्रशिक्षण दिँदैछन् ।

उनीहरुको प्रशिक्षणपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us