राष्ट्रियसभाको बैठक भोलि बस्दै

काठमाण्डु टुडे २०८१ जेठ १९ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– भोली आइतबार सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । संसद् सचिवालयले भोलि दिउसो १ः १५ मा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार भोलिको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

त्यसैगरी माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us