काठमाण्डु, १८ जेठ– काठमाण्डु महानगरपालिकाको ३२ औँ नगरकार्यपालिकाको बैठकमा एक वडाध्यक्ष मेयर बालेन शाहविरुद्ध आक्रोस पोखेका छन ।
बैठक सुरु हुने बित्तिकै वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले महानगर प्रहरी बल आएर कार्यालयका फाइलहरू बोरामा हालेर लगेको भन्दै आपत्ति व्यक्त गरेका हुन ।
उनले कुन आशय र के कारणले यसरी फाइलहरू आफ्नो जानकारी बिनै किन लगियो भन्नै आक्रोश व्यक्त गरेका हुन । उनले यसबारे आफूले आजको बैठकबाट जान्न चाहेको बताउका छन ।
जवाफमा प्रमुख कार्यकारी अधिकृतले घरबाहल घरसम्बन्धी अध्ययनका लागि फाइलहरू लिइएको जवाफ दिए । उनले आन्तरिक राजश्व विभागसँग समन्वय भएर यो कार्य भइरहेको भन्दै अन्य वडामा पनि छानबिन हुने बताएका छन । त्यसपछि आक्रोशित हुँदै वडाध्यक्षले डकैतीको शैलीमा के गरेको भन्दै प्रश्न गरे ।
‘म यो संस्थाको प्रतिपक्षी हो र रु म पनि मेयर साप जसरी नै निर्वाचित भएर आएको हो । मेयरलाई भोट हाल्ने मलाई भोट हाल्ने एउटै जनता हो’, उनले भने, ‘हामीले सेवाग्राहीलाई सहज ढंगले सेवा गर्ने आधार के हो रु मेरो अनुपस्थितिमा फाइल किन लगियो रु यो संस्थाको म सौतेलो छेरा हो रु ममाथि किन यस्तो हुन्छ ?’उनले नयाँ सडकमा पेटी बनाउने कुरा आफूले पत्रिका पढेर थाहा पाउनु परेको भन्दै आक्रोश पोखे ।
वडा नम्बर २२ का उनले एकाएक २४ नम्बरको कुरा गरेपछि बालेनले ‘तपाईंको वडामा पत्रिका पढेर थापा पाउनु भयो कि २४ नम्बर वडामा ?’ भनेर प्रश्न गरेका थिए । ‘२४ नम्बर वडामा फुटपाथ बढाउन वडाध्यक्षले साँघुरो भयो, सेक्सुअल हेरेसमेन्ट भयो, पकेटमारी भयो हामीलाई फुटपाथ बढाइदिनु भन्दा तपाईंलाई के समस्या भयो ?’, बालेनले प्रश्न गरे । त्यसपछि वडाध्यक्ष र मेयरबिच भनाभन सुरु भएको थियो । २२ नम्बरका वडाध्यक्षले न्युरोड भनेको २४ नम्बरको मात्रै नभएको तर्क गरे ।
२४ नम्बर वडामा काम भएरहेकाले २२ नम्बरको वडाध्यक्षले प्रश्न उठाउनु जायज नभएको बालेनले बताए । त्यसपछि वडाध्यक्षले भने, ‘तपाईंले २४ को मात्रै गर्न खोज्नुभएको हो ?’ बालेनले पनि झोक्किँदै भने, ‘हो १’ त्यसपछि वडाध्यक्ष र मेयरबिच यो विषयमा केहीबेर गलफती चलेको थियो ।
सो क्रममा वडाध्यक्षले सहकार्य नगरेको, राज्यको विधि विधान नमानेको लगायतका आरोप मेयरमाथि लगाए । तर, बालेनले आफूले कानुनअनुसार काम गरिरहेको भन्दै सडक विभागले न्युरोडमा गरेको कार्य गैरकानुनी रहेकाले त्यसविरुद्ध आफूहरूले कानुनी उपचार खोज्ने बताएका छन ।