
काठमाण्डु, १५ जेठ– सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाउने घोषणा गरेको छ ।
आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेट मार्फत सो रकम विनियोजन गरीएको अर्थमन्त्री बर्षमान पुनले जानकारी गराएका हुन ।
उनले भने, ‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु ।’