
काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १२ अर्ब रकमको बजेट विनियोजन गरेको छ ।
आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ ।