
काठमाण्डु, १५ जेठ– सरकारले चालु आर्थिक वर्ष ०८०/८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले जानकारी गराएका छन ।
आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आव ०८१/८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित खर्च अनुमान गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।
जसमध्ये चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड, पूँजीगत २ खर्ब १५ अर्ब ३० करोड, वित्तीय व्यवस्था २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान रहेको उनले जानकारी दिएका छन ।
उक्त विनियोजनको स्रोतमा राजस्व १२ खर्ब ५३ अर्ब ५२ करोड, अनुदान ३४ अर्ब ३४ करोड, वाह्य ऋण १ खर्ब ४५ अर्ब ४४ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब हुने उनले जानकारी दिएका छन ।