
काठमाण्डु, १५ जेठ– सरकारले सुनको सीमा विस्तार गर्ने तयारी गरेको छ । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२मा उक्त कुरा उल्लेख गरेका हुन् ।
उनले सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने पनि बताएका छन । उनले अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ ।
सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो । त्यसअघि १० किलो मात्र ल्याउन पाउने व्यवस्था रहेको थियो ।
सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म पुर्याएको थियो । अव सरकारले यसमा पनि सीमा विस्तार गर्ने भनेको छ भने कति विस्तार हुने उल्लेख गरीएको छ ।