
काठमाण्डु, १५ जेठ– सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सरकारले आर्थिक वर्ष ०८१/८२ को बजेट पेस गरेको हो ।
अर्थतन्त्रलाई सबल बनाउनुपर्ने आफूले ठानेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन । उनले नयाँ चरणको सुरुवात हुनुपर्ने भन्दै आम नागरिकको आत्मविश्वास जगाउने गरी बजेट ल्याउनुपर्ने चुनौती आफूलाई रहेको बताएका छन ।
उनले लगानी कानुनका लागि एकै पटक कानुन सुधार गर्दै लगानीको वातावरण बनाएको पनि बताए । उनले गणतन्त्रको उपलब्धि , नेपाल सरकारको नीति तथा कार्यक्रम, संसदमा भएको छलफल र सबै क्षेत्रको सुझावलाई ध्यान राखेर बजेट बनाइएको दाबी गरेका छन ।