आर्थिक शिथिलता चिर्ने गरी बजेट ल्याउन रास्वपाका सांसद वाग्लेलेको सुझाव

काठमाण्डु टुडे २०८१ जेठ १३ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– रास्वपाका सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकामा आगामी आर्थिक वर्ष ०८१/ ८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन ।

उनले यो नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको समेत उल्लेख गरेका छन । उनले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गरेका छन ।

उनले कांग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ समेत भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us