
काठमाण्डु, २ जेठ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको फैसला आउने भएपछि उच्च अदालत पाटन बाहिर उनका समर्थकको भीड लागेको छ ।
उच्च अदालत पाटनले बुधबार फैसला गर्ने भएपछि सन्दीपका समर्थकको अदालत बाहिर भीड लागेको छ । यस्तै अदालत परिसरमा प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ ।
सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको थियो । आजै मुद्दाको फैसला सुनाउने तयारी रहेको छ ।