हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाण्डु टुडे २०८१ वैशाख १४ गते ४:२९ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख– राजधानीमा जारी हिमालयन हाइड्रो एक्स्पो–२०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक भएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रो एक्स्पोको अवसरमा बिहीबार स्काभेटर सार्वजनिक गरेका हुन् ।

जापानिज कम्पनी कोमात्सुको स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । नेपालमा त्यसको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि. रहेको छ । प्रा.लि. का प्रबन्धक प्रदीप बरालले स्काभेटरमा कोमात्सुको १ सय ४७ हर्सपावर क्षमताको इन्जिन जडान गरिएको जानकारी दिए ।

उनका अनुसार कोमात्सुका स्काभेटर ४ र ६ सिलिण्डर दुवैमा उपलब्ध छन् । यो स्काभेटरले अन्यको तुलनामा इन्धन खपत कम गर्ने दाबी गरिएको छ ।

अघिल्लो संस्करणभन्दा यो संस्करणको मूल्य १० लाख रुपैयाँ कम रहेको बरालले बताए ।

बरालका अनुसार तीनवटा स्काभेटर एक्स्पोको स्टलबाटै बुकिङ भइसकेको छ । स्काभेटर हाइड्रो पावरका साथै अन्य विकास पूर्वधार निर्माणमा समेत उपयोगी हुने विश्वास प्रबन्धकको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us