इलाम–२ मा जिततर्फ अघि बढे सुहाङ

काठमाण्डु टुडे २०८१ वैशाख १७ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनको मत गणना जारी छ ।

माङसेबुङ गाउँपालिका वडा–५ र ६ को गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । नेम्वाङले प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् । उनी ११ हजार ७८ मतसहित अग्रस्थानमा छन् । सुहाङलाई कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । खड्काले ७ हजार ३ सय २५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ६ हजार ९ सय १ मतसहित तेश्रो र रास्वपाका मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएका छन् । २०७९ को आमनिर्वाचनमा सो क्षेत्रबाट निर्वाचित एमालेका सुवास नेम्वाङले निधन भएपछि उपचुनाव भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us