सुदूरपश्चिममा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर सरकारमा नजाने

काठमाण्डु टुडे २०८१ जेठ २ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, २ जेठ– आज बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिएका छन ।

उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्तारूढ दलसँग छलफल गर्ने निर्णय समेत भएको छ । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिंदैछन् । त्यसको लागि बिहान सवा १० बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us