एमाले प्रतिनिधि परिषद्: ६ नेताले सुनाए निष्कर्ष

काठमाण्डु टुडे २०८१ वैशाख ९ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– आज आइतबार ललितपुरको गोदावरीमा जारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा विभिन्न प्रतिवेदनमाथिको छलफलपछि निष्कर्ष सुनाइएको छ ।

शनिबार उद्घाटन भएको परिषद् बैठकमा आइतबार ६ समूहमा विभाजित प्रतिनिधिहरूले प्रतिवेदनहरूमाथि छलफल गरेर निष्कर्ष सुनाएका हुन् ।

छलफलपछि समूह एकको मोहनमाया ढकाल, समूह २ को कृष्णप्रसाद जैसी, समूह ३ को ठाकुर गैरे, समूह ४ को शान्ति पाख्रिन, समूह ५ को ऋषिकेश पोख्रेल र समूह ६ को श्याम बस्नेतले समूहकातर्फबाट निष्कर्ष सुनाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिएका छन ।

परिषद् बैठक आइतबार नै समापन गर्ने एमालेको तयारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us