राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलगराष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

काठमाण्डु टुडे २०८१ वैशाख ९ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । आज (आइतबार) विज्ञप्ति जारी गर्दै घिमिरेले आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको उनले बताएकी छन ।

घिमिरेले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानून र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

२८ चैत्रमा घिमिरे नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us