
काठमाण्डु, ८ वैशाख– ओमानमा जारी एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ । नेपालले पाँचौ विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो ।
कुशल मल्ल १४ बलमा मात्र १३ रन बनाएर यासिम मुर्तजाको बलमा आउट भएका छन । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले ११.२ ओभरमा ७४ रन बनाउन सफल भएको छ ।