
काठमाण्डु, ७ वैशाख– ओमानमा जारी एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले चौथो विकेट पनि गुमाएको छ ।
नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । कप्तान रोहित पौडेल १९ बलमा मात्र २१ रन बनाएर अतिक इक्बालको बलमा आउट भएका हुन् ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले ७.५ ओभरमा ५० रन बनाउन सफल भएको छ ।