देउवालाई एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन निम्तो, भने– आउँछु

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– एमालेले शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी भइदिन पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता गरेको छ ।

शुक्रबार बिहान एमाले नेताहरू देउवा निवास बुढानिलकण्ठ पुगेर निम्तो दिएका हुन् । देउवालाई निम्ता दिन एमाले सचिव योगेश भट्टराईलगायतका नेता देउवा निवास पुगेका थिए ।

‘हामीले शुक्रबार पूर्व प्रधानमन्त्री समेत रहेका नेता देउवालाई निम्ता दियौँ । उहाँले निम्तो स्वीकार गर्नु भएको छ । आउँछु भन्नुभएको छ’, सचिव भट्टराईको भनाइ छ ।

एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु हुँदैछ । पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न सबै दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याएको सचिव भट्टराईले जानकारी दिएका छन । एमालेका अनुसार परिषद् बैठकमा एमालेका २५ सय प्रतिनीदहरू सहभागी हुनेछन् ।

उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित अन्य नेताले फरक फरक प्रतिवेदन पेस गर्ने बार्यतालीका रहेको छ । बैठकमा खासगरी एमालेको नीति र नेतृत्वबारे छलफल हुनेछ ।

यसैबिच नेकपा एमालेले आज शुक्रबार दिउँसो ३ बजे बैठकबारे जानकारी दिन पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us