कोशीमा कांग्रेस सांसदको प्रस्तावः केदार कार्कीको नेतृत्वमा सर्वदलीय सरकार बनाऔं

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– कांग्रेसका सांसद विनोद राईले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन बाटो खोलिदिन आग्रह गरेका छन । उनले कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउने विकल्प नरहेको बताएका छन । आज शुक्रबार संसद बैठकमा भएको संकल्प प्रस्ताव माथि विचार राख्ने क्रममा राईले संकल्प प्रस्ताव फिर्ता लिन विपक्ष दललाई आग्रह गरेका हुन ।

नेपालको. संविधानको १६८ धारको उपधारा (५) को आधारमा सरकार बनेको र अविश्वासको प्रस्ताव पनि लिन नमिल्ने बताउँदै संकल्प प्रस्ताव फिर्ता गर्न उनले आग्रह गरेका छन । मुख्यमन्त्री कार्कीलाई आग्रह गर्दै भने, ‘सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिनुस् । मुख्यमन्त्रीकै नेतृत्वमै को को मन्त्री खान चाहनुहुन्छरु आउनुस् ।’

कांग्रेसका मन्त्री हटाएर अन्य दलबाट मन्त्री बनाउन तयार रहेको उनले बताए । संकल्प प्रस्ताव मुलुकको गरिबी, अस्थिरता, विकासका लागि हुनुपर्ने बताउँदै राईले भने,‘कम्युनिस्ट साथीहरु शब्दमा खेल्न निक्कै माहिर हुनुहुन्छ । मुख्यमन्त्रीलाई हटाउन संकल्प प्रस्ताव भन्दा पनि यो प्रदेशको विकास, समृद्धि कसरी ल्याउन सकिन्छ भनेर संकल्प प्रस्ताव ल्याउनुभएको भए सुनमा सुगन्ध हुने थियो ।’

७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । समर्थन फिर्ता लिँदै उनीहरूले प्रदेश सभाको अधिवेशन माग गरेका थिए ।

समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन् । उनलाई राजीनामा नदिने भए विश्वासको मत लिन निर्देशन दिनका लागि दुई दलले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us