सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– सिन्धुपाल्चोकमा जन्ती जादै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार अन्य ५२ जना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिएका छन ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us