
काठमाण्डु, ५ वैशाख– ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाउन सफल भएको थियो ।
साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाएका थिए । अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । यस्तै नेपालका प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिन सफल भएका थिए ।