
काठमाण्डु, ५ वैशाख– ओमानमा जारी एसीसी प्रिमियर कपमा आज बुधबार हु्ने खेलमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ । खेल निर्धारित समय मध्याह्न ११: ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनुपर्ने थियो ।
तर, मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन । अब खेल दिउँसो २ः १५ मा सुरु हुने भएको छ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
साउदी अरब ३ खेलमा २ हार र एक जितसहित २ अंकसाथ तेस्रो स्थानमा रहेको छ । नेपाललाई हराउन सके ४ अंकसाथ सेमिफाइनल खेल्ने साउदीको सम्भावना रहेको छ ।