एसिसी प्रिमियर कपमा आज साउदी अरबसँग खेल्दै नेपाल

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले आज बुधबार साउदी अरबसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट स्टेडियममा आज बिहान ११ः ४५ बजे नेपालले समूह चरणको अन्तिम खेल र साउदी अरबसँग खेल्ने भएको छ ।

यद्यपि नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ । मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो ।

समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक रहेको छ । दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २–२ अंक जोडेका छन्।

समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us