ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख ३ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरका ५२ वर्षीय केशरबहादुर रावल रहेको प्रहरीले जानकारी दिएको छ ।

सोही ठाउँको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले उनलाई आइतबार ठक्कर दिएको थियो ।

उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिएका छन ।

घटनापछि ट्याक्टर र ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us