कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको निधन

काठमाण्डु टुडे २०८१ वैशाख ३ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ। न्यौपानेको महाराजगञ्जस्थित चिरायु अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको कांग्रेस नेता मोहन पोखरेलले जानकारी दिएका छन ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान नै न्यौपानेलाई उपचारका लागि अस्पताल लगिएको थियो । ८२ वर्षीय न्यौपाने गोरखाको सिरानचोक गाउँपालिका– ४ छोप्राकका हुन् ।

उनी २०४८ सालमा जिल्ला विकास समिति गोरखाको सभापति समेत भएका थिए । २०१७ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय उनी २०४६ सालको आन्दोलनमा गोरखाको नेतृत्व गरेका थिए। न्यौपाने कांग्रेस गोरखा उपसभापति र पटक–पटक महाधिवेशन तथा महासमिति सदस्य पनि रहेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us