दीपेन्द्रले लिए मलेसियाको पहिलो विकेट

काठमाण्डु टुडे २०८० चैत ३० गते १७:३४ मा प्रकाशित

काठमाण्डु, ३० चैत– ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिन सफल भएको छ ।

मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका हुन । उनले मलेसियाका ओपनर ब्याट्सम्यान मुहम्मद अमिरलाई १६ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् ।

दीपेन्द्रले आफ्नो बलिङमा अमिरको क्याच आफैले लिएका हुन् । पेभेलियन फर्किनुअघि अमिरले १८ बलमा तीन चौका पनि प्रहार गरेका थिए । ५.१ ओभरमा अमिर आउट हुँदा मलेसियाले ३५ रन बनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us