अबबाट गुगलमा सर्च गरेको पनि पैसा लाग्ने

काठमाण्डु टुडे २०८० चैत २३ गते १५:५८ मा प्रकाशित

 एजेन्सी – गुगलले अबबाट प्रिमियम ल्याउने तयारी गरेको छ । गुगलले लामो समयदेखि आफ्नो सेवा निःशुल्क दिइरहेको छ । कम्पनीले सर्च गर्ने यूजरलाई पनि पैसा तिराउने भएको छ । एक खबरका अनुसार अनुसार गुगलले आफ्नो जेनेरेटिभ सर्च अर्थात् सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई) लाई सशुल्क बनाउन लागेको छ ।

यो सेवा आएपछि प्रयोगकर्ताले एआई रिजल्टका लागि पैसा तिर्नुपर्ने हुन्छ । गुगलले आफ्नो एआई सर्च टुलका लागि पैसा लिने विचार गरिरहेको फाइनान्सियल टाइम्समा छापिएको खबरमा उल्लेख गरीएको छ ।

यस विषयमा गुगलको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । धेरैजसो एआई कम्पनीहरूले आफ्नो एआई टुलका लागि पैसा लिइरहेका छन् । कम्पनीहरूले एआइ टुलको विकास गर्न ठुलो खर्च गरेका छन् ।

सो खर्चको भर्पाई गर्न कम्पनीहरूले पैसा लिइरहेका छन् । खबरका अनुसार गुगलको सामान्य सर्च इञ्जिन भने सधैँका लागि निःशुल्क नै रहनेछ ।

तर जेनेरेटिभ एआई सर्चको प्रयोग गर्दा भने पैसा लाग्नेछ । गुगल एप खोल्दा कुनामा रातो डट भएको जार देख्नुहुन्छ नि यही नै जनरेटिभ एआई खोज हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us