आयरल्यान्डले दियो नेपाल एलाई १७५ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० चैत २३ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ए ले नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रन बनाउन सफल भएको थियो ।

आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाउन सफल भएका थिए । एक समय २०.३ ओभरमा ९४–७ को अवस्थामा पुगेको आयरल्यान्डलाई आठौं विकेटका लागि गेभिन र लियाम म्याकार्थीले ५४ रनको साझेदारी गरेका थिए ।

कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रन बनाउन सफल भएका थिए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए ।

पिटर मुर १७ रनमा आउट भए । नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us