नेपाल ए आयरल्यान्डसँग २१ रनले पराजित

काठमाण्डु टुडे २०८० चैत २१ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, २१ चैत– नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५।३ ओभरमा १३६ रनमा अल आउट भएको थियो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाउन सफल भएका थिए ।

देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । छैटौं ओभरको पहिलो बलमा लियाम म्याकार्थीको बलमा सर्ट कभरमा देव केडबाट क्याच आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो ।

यसै ओभरको अन्तिम बलमा अर्जुन कुमाल थर्डम्यानमा ९ रनमा क्याच आउट भएका थिए । नेपालको सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की शून्यमा एज लागेर अर्को ओभरमा क्याच आउट भएका थिए ।

त्यसै ओभरमा म्याथ्यु हम्फ्रेजले आरिफ शेखलाई शून्यमा विकेटकिपरबाट आउट गरेपछि नेपाल ७ ओभरमा ४१९४ को अवस्थामा पुगेको थयो । विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भएपछि नेपाल १२।१ ओभरमा ७८–७ को अवस्थामा पुगेको थियो । बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

साहब आउट भएपछि नेपाललाई जित्नलाई २३ रन चाहिएको थियो । मौशम र रिजन ढकालको रन लिनेक्रममा तालमेल नमिलेपछि मौशम रन आउट भएका थिए । रिजन १२ रनमा नट आउट भएका थिए ।

दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । सिनियर टोलीसँगको दुई खेलको सिरिज आयरल्यान्डले २–० ले नै गुमाएको थियो । नेपाल ए सँगको तीन खेलको टी२० सिरिज २–१ ले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us